Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चितवनमा खोरेतविरूद्धको खोप अभियान

चितवनमा खोरेतविरूद्धको खोप अभियान

  • 252
    SHARES
  • चितवनमा खोरेतविरूद्धको खोप अभियान

    चितवन । जिल्लाको कालिका नगरपालिकामा  खोरेतविरूद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो ।

    अभियानअन्तर्गत पालिकाका  सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद  पौडेलले जानकारी दिए ।

    ‘आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । हाम्रो अभियान पालिकाका  पशुलाई रोगमुक्त बनाउनु हो ।’  उनले भने, ‘पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई   खोपलगाइनेछ ।’

    बाख्रालाई भने  भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनले बताए ।

    खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने,  ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताए । अभियानलाई सफल पार्न किसानका  घरगोठमा पुगेर खोप लगाइने जानकारी पनि उनले दिए ।

  • सम्बन्धित विषय:

  • # चितवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij