Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

  • 112
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन । आज प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन ।

    केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन ।

    मुख्यमन्त्री शर्माले संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।

    ‘संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो’, शर्माले भने, ‘राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।’

    उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । शर्माले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।

    डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनको भनाइ छ । ‘कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्’, शर्माले भने, ‘योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij