मुकेश झा
सर्लाही । बागमती नगरपालिका-४ जिरायतमा एक वृद्धाको हत्या भएको छ । ७० वर्षीया पार्वती कुमारी महतोको हत्या भएको हो । मंगलबार साँझ सवा ६ बजेतिर आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटना थाहा भए लगत्तै जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख एसपी दयानिधी ज्ञवाली, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख ईन्स्पेक्टर अनिलराज गिरी लगायत सुरक्षा अधिकृतहरू घटनास्थल पुगेर अनुसन्धान सूरु गरेका थिए ।
हत्यामा संलग्न रहेकाे आरोपमा आज बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी ज्ञवालीले जानकारी दिए ।
घटनास्थल नजिकै रहेको सीसीटीभी फूटेजको अनुसन्धानबाट घटनामा संलग्न भएको आशंकामा एक युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवं थप अनुसन्धान भइरहेको छ ।
मृतकको अनुहारमा चोट देखिएको तथा शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद् गरेको छ । शव पोष्टमार्टमका लागि मंगलबार राति नै सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय हरिवनका ईन्स्पेक्टर गिरीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij