Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भरतपुर अस्पतालमा कोभिड-१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

भरतपुर अस्पतालमा कोभिड-१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

  • 165
    SHARES
  • भरतपुर अस्पतालमा कोभिड-१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

    चितवन । भरतपुर अस्पतालमा कोभिड-१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो ।

    कोभिड-१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्यांकन गर्न, अनियमित, डबल-ब्लाइन्ड, प्लेसबो-नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड-१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिए ।

    उनले भने, ‘कोभिड-१९ को लक्षण भएका बिरामीको उपचारमा मुखबाट दिइने एमेटिनको प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन गर्ने र बिरामीको स्वास्थ्यसम्बन्धी जीवनको गुणस्तरमा यस औषधिको दीर्घकालीन प्रभावबारे मूल्यांकन गर्नेछ ।’

    यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त गरेको उनले जानकारी दिए ।

    यस अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिको उमेरकालाई सहभागी गराइने उनले बताए ।

    चार सय ५० जनामा अनुसन्धान गरिनेछ । अघिल्लो महिनामा भरतपुर अस्पतालमा आएका आठजना कोभिडका बिरामी रहेको र अस्पतालसँगको सहकार्यमा केही दिनमा नै क्लिनिकल प्रयोग गरिने उनले बताए ।

    अर्का अनुसन्धानकर्ता जोन्स हप्किन्स विश्वविद्यालयका डा कुन्चोक दोर्जीले पहिला यो औषधि ६० एमजीको अमेरिकामा मुसामा परीक्षण गरिएको जानकारी दिए ।

    उनका अनुसार यसलाई मानिसमा अनुसन्धान गर्नका लागि ६ एमजीको औषधि प्रयोग गरिने छ ।

    यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा दोर्जी र डा सापकोटाले यो अध्ययन अनियमित छनौट, डबल ब्लाइन्ड प्लेसबो नियन्त्रित परीक्षण गरिने जानकारी दिनुभयो जसमा कोभिड-१९ को लक्षण भएका बिरामी समावेश हुनेछन् ।

    सहभागीहरुले कम्प्युटरले गरेको अनियमिततामा आधारित छनौटबाट पाँचदेखि १० दिनका लागि अध्ययनरत औषधि एमेटिन वा प्लेसबो प्राप्त गर्नेछन् ।

    सहभागीलाई अध्ययनमा ९० दिनसम्म क्लिनिकल मूल्यांकन र प्रयोगशाला परीक्षणहरुसहित पुनः मूल्यांकनमा भाग लिने बताइएको छ ।

    कोभिड-१९ को परीक्षण गरी लक्षणको अनुभव गर्दै गरेका व्यक्तिमा परीक्षण गरिने उनले बताए र

    उनका अनुसार गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधि सेवन गरेका व्यक्तिमा यसको प्रयोग गरिने छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij