Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

फाइजर खोपको प्रभाव घटिरहेको छः इजरायल

फाइजर खोपको प्रभाव घटिरहेको छः इजरायल

  • 856
    SHARES
  • फाइजर खोपको प्रभाव घटिरहेको छः इजरायल

    तेल अभिभ । इजरायल आफ्ना धेरै जनसंख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने विश्वका थोरै देशमध्ये एक हो । सोमबार इजरायली अधिकारीहरुले देशमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दै जाँदा र सामाजिक दूरीका नियम खुकुलो बनाउनाले फाइजर खोपको प्रभाव कम देखिएको बताएका छन् । 

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ जुनपछि संक्रमण प्रसार रोक्न खोपको असर ६४ प्रतिशत पुगेकाे छ। तर मानिसहरुलाई गम्भीर रुपमा बिरामी हुन र अस्पतालमा भर्ती हुनबाट बचाउनका लागि खाेप ९३ प्रतिशतसम्म प्रभावकारी हुन आवश्यक रहेको बताएकाे छ । 

    मन्त्रालयले यसभन्दा अगाडि खोपको प्रभाव स्तर कति थियो भनेर केही बताएको छैन । तर मे महिनामा एक रिपोर्टमा फाइजर खोपको दुई डोज लिएपछि संक्रमण, अस्पतालमा भर्ना एवं गम्भीर बिरामीमा ९५ प्रतिशत सुरक्षा हुने भनिएकाे थियो । 

    यसबारेमा फाइजरका प्रवक्ताले इजरायली तथ्यांकमाथि टिप्पणी गर्न मानेनन् । तर उनले एक अनुसन्धानलाई उधृत गर्दै डेल्टा भेरिएन्टसहित अहिलेसम्म भेटिएका सबै प्रकारका कोरोना भाइरसको स्ट्रेनमा खोप प्रभावशाली रहेको बताए । 

    इजरायलको ९३ लाख जनसंख्यामध्ये ६० प्रतिशतले फाइजर खोप लगाएका छन् । जनवरीमा इजरायलमा दैनिक १० हजार संक्रमित भएका थिए । अहिले भने संक्रमितको संख्या घटेर दैनिक १० जनाभन्दा कम भएको छ । इजरायलले सामाजिक दूरी र मास्कका कारण संक्रमण कम भएको थियो । मास्क फ्रि बनाएको १० दिन पछि नै संक्रमण बढेपछि पुनः मास्क अनिवार्य लगाउनु पर्ने नियम लागू भयो । 

    डेल्टा भेरिएन्टका कारण दैनिक ३ ४ सय जना संक्रमित भइरहेका छन् । संक्रमणपछि जटिल बिरामी हुनेहरुको संख्या पनि बढेको छ । इजरायलको वाइजम्यान इन्स्टिट्युट अफ साइन्सका वैज्ञानिक एरन सिगलले भने गम्भीर बिरामी हुनेको संख्या खासै धेरै नभएकाले पहिलो लहरमा जस्तै धेरै संक्रमित अस्पताल भर्ना नहुने स्थिति देखिएको बताएका छन् । 

    इजरायल विश्वको पहिलो मास्क फ्रि देश  इजरायल विश्वको पहिलो मास्क फ्रि देश  इजरायलः खोप लगाएका व्यक्तिलाई ग्रीन पासपोर्ट इजरायलः खोप लगाएका व्यक्तिलाई ग्रीन पासपोर्ट इजरायलमा फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी भएको दाबी  इजरायलमा फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी भएको दाबी 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij