Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

  • 141
    SHARES
  • खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

    खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।

    आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार दश हजारका दरले राहत रकम प्रदान गरेको हो ।

    कोषले घर जलेर विस्थापित भएका जन्तेढुंगागाउँपालिका-४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले राससलाई जानकारी दिए ।

    प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका  खोटाङ्गेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो ।

    प्रारम्भमा २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले ३० लाख संकलन भएको र ब्याजवापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरुप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातले बताए ।

    कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार पाँच हजार र पूर्ण क्षति भएकालाई रु दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ । 

    दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् ।

    गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् ।  आगलागीका यी घटनाबाट रु एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

  • सम्बन्धित विषय:

  • # खोटाङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij