Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ : नेता महत

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ : नेता महत

  • 171
    SHARES
  • आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ : नेता महत

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव र्दिएका छन् ।

    आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले  भने, ‘अर्थतन्त्रलाई सुदृढ बढाउन कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँछ, कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँदैन भनेर लक्षित गरेर बजेट बनाउन जरुरी छ । लगानी बिस्तारै बढ्न थालेको छ, पर्यटक बिस्तारै आउन थालेका छन्, बिस्तारै आर्थिक अवस्थामा सुधार हुँदै जान्छ ।’

    सामाजिक सुरक्षामा ठूलो दायित्वलाई भएकाले स्रोतको प्राथमिकीकरण गरेर खर्च गर्नुपर्ने र अनावश्यक खर्च कम गर्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    सोही पार्टीका सञ्जयकुमार गौतमले नेपाली जनताले महसुस गर्ने खालको विकास गर्नुपर्ने र त्यसका लागि सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने सुझाव दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ईश्वरबहादुर रिजालले पहाडी बस्तीहरूलाई सहरउन्मुख एकीकृत बस्ती निर्माण गरी समाजवाद, गाउँको विकास र सामग्रमा देशको विकास हुने बताए । उनले संविधानले अंगिकार गरेको व्यवस्थाअनुसार बजेटमा लोककल्याणकारी राज्य, दलितजस्ता शब्दसमेत नभएको गुनासो गरे ।

    सोही पार्टीका दीपा शर्माले गत फागुनमा मात्र ६५ हजार युवा काम तथा अध्ययनका लागि विदेशिएको हुँदा युवालाई स्वदेशमै रोजगारी दिने खालको वातावरण बजेटले ल्याउनुपर्नेमा जोड दिए ।

    एमालेकै सूर्यकुमारी श्रेष्ठले युवालाई खाडी मुलुकमा पलायनलाई रोक्नुपर्ने र सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्नेमा जोड दिए ।

    सोही पार्टीका नारायणप्रसाद आचार्यले सुरक्षित नागरिक आवास, नदी नियन्त्रण र सिँचाइ योजनामा बजेट निर्माणमा ध्यान दिनुपर्ने माग गर्नुभयो भने रामशंकर यादवले विकासका लागि आधारभूत स्थान र प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने सुझाव दिँदै बजेटमा धेरै कुरा छुटेको हुनाले परिमार्जन गर्नुपर्नेमा सुझाव दिए ।

    एमालेकै रुक्मणी राणा बराइलीले गरिबी, भोकमरी, प्राकृतिक विपद्को तयारी, सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरमा ल्याउने गरी बजेट बनाउनुपर्ने सुझाव दिए ।

    सोही पार्टीका लालप्रसाद साँवा लिम्बूले १८ हजार निर्माण व्यवसायी कार्यरतमध्ये ५० अर्बभन्दा बढी झुक्तानी बाँकी रहेको र पूर्वाधार विकास निर्माणमा दुई हजारभन्दा ठेक्का सम्झौताको म्याद सकिएको हुँदा निर्माणको काम ठप्प रहेको हुँदा त्यसतर्फ बजेटले ध्यान दिनुपर्नेमा सुझाव दिए ।

    बैठकमा एमालेका सचेतक सुनिता बरालले गरिबी कम गर्ने, रोजगारी बढाउने, किसान र युवालाई एकीकृतरुपमा अगाडि बढाउने खालका कार्यक्रम बढाउनुपर्ने सुझाव दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मीना तामाङले विकासको प्राथमिकताका आधारमा अध्ययन गरी बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।

    सोही पार्टीका छिरिङ गम्डुल लामा (भोटे)ले कर्णालीमा हिमाली जडीबुटी केन्द्र, पर्यटकीय केन्द्र, हुम्लाको सिमीकोटको रंगशाला र रेलमार्ग निर्माण गर्ने योजना बजेटमा ल्याउन माग गरे ।

    माओवादीकै दुर्गा राईले बजेट समतामूलक समाज निर्माण गर्न वैदेशिक रोजगारीलाई न्यून गरी स्वदेशमै रोजगारी दिने खालको हुनुपर्ने सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # आम्दानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij