Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आगलागी पीडितलाई राहत

आगलागी पीडितलाई राहत

  • 167
    SHARES
  • आगलागी पीडितलाई राहत

    भोजपुर । आगलागीबाट घरबारविहीन बनेका भोजपुरका अग्निपीडितलाई प्रदेश सांसद तथा नेपाली कांग्रेसका भोजपुर सभापति विनोद वान्तवा र भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेसहित वडाबाट राहत सामग्री सहयोग गरिएको छ ।

    गत शनिबार नजिकैको जंगलमा लागेको डढेलो बस्तीमा आउँदा घरबार गुमाउने भोजपुर नगरपालिका-१२, मालबाँसेका अग्निपीडितलाई आज घटनास्थलमा नै पुगेर राहतका सामग्री वितरण गरिएको भोजपुर नगरपालिका-१२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिए ।

    नगरपालिकाका तर्फबाट पाँच परिवारलाई एक बोराका दरले चामल, एक कार्टुन तेल, साबुन, चिनी र नुन वितरण गरिएको छ ।

    यसैगरी, प्रदेश सांसद वान्तवाका तर्फबाट पनि पाँच बोरा चामल र प्रतिपरिवार एक लिटर तेल वितरण गरिएको छ ।

    वडा नं १२ टक्सारले खानेपानीका लागि ड्रम र बसोबासमा समस्या भएका दुई अग्निपीडित परिवारलाई चार बन्डेल जस्तापाता सहयोग गरेको छ ।

    तत्कालका लागि पीडित परिवारलाई राहत दिनका लागि यी सामग्री वितरण गरिएको भोजपुर नगरपालिका प्रमुख आलेले बताए ।

    आगामी दिनमा गरिने सहयोगका विषयमा बैठक बसेर निर्णय गरिने प्रमुख आलेको भनाइ रहेको छ ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले पनि पीडित परिवारलाई आवश्यक सामग्री सहयोग गरेको सभापति तुलबहादुर सुब्बाले राससलाई जानकारी दिए ।

    आगलागीबाट स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीलगायत परिवारलाई राहत उपलब्ध गराइएको हो । आगलागीबाट सात घर पूर्णरुपमा जलेर नष्ट भएको भए पनि दुई घरमा भने बसोबास थिएन ।

    यसैगरी, आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट हुँदा एक करोड तीन लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।

  • सम्बन्धित विषय:

  • # राहत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij