Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

राजनीतिक शक्तिको आडमा मनोमानी शुल्क लिएको प्यारागन पब्लिक स्कुलले कुट्यो अभिभावक र पत्रकार 

राजनीतिक शक्तिको आडमा मनोमानी शुल्क लिएको प्यारागन पब्लिक स्कुलले कुट्यो अभिभावक र पत्रकार 

  • 1.4K
    SHARES
  • राजनीतिक शक्तिको आडमा मनोमानी शुल्क लिएको प्यारागन पब्लिक स्कुलले कुट्यो अभिभावक र पत्रकार 

    काठमाडौं । नीजी विद्यालयमाथि सरकारले ध्यान नदिएकै कारण अवैधधन्दा तथा मनोमानी झनझन बढ्दै गएको छ । कोरोना महामारीले  बन्दाबन्दीको मारमा परेका अभिभावकमाथि शुल्कवृद्धि भार थोपर्ने तिलगंगास्थित प्यारागन पब्लिक स्कुलमा छलफल गर्न पुगेका अभिभावकहरूमाथि कुटपिट गर्नुका साथै सञ्चारकर्मीलाई समेत हातपात गरेको छ । मनलाग्दी शुल्कवृद्धि गर्ने स्कुलले समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि नै दुर्ब्यबहार गरेको छ ।

    विगतमा निजी विद्यालयले जुन कुनै शीर्षकमा जतिसुकै शुल्क लिइए पनि विरोध नगर्ने अभिभावक पछिल्लो समय निजी विद्यालयको चर्को सेवा शुल्कको विरुद्धमा आवाज उठाउन थालेका छन् ।  लकडाउन अवधिको चर्को शुल्कबारे असन्तुष्टि पोख्न तिलगंगास्थित प्यारागन  स्कुल पुगेका अभिभावक र विद्यालय प्रशासनबीच सोमबार कुटाकुट नै भएको छ । दोहोरो झडपका क्रममा सञ्चारकर्मीमाथि दुर्ब्यबहार र क्यामेर, बुममाथि नै तोडफोड गर्नेसम्मका हर्कद विद्यालय प्रशासनबाट भएका छन् ।

    केही समय विद्यालय परिसर रणभूमि जस्तै बन्यो । विद्यालयले सुविधा नै नलिएको शीर्षकमा बिल पठाएपछि अभिभावक रुष्ट बनेका थिए । मासिक शुल्क, वार्षिक शुल्क, भर्ना शुल्कमा मनलाग्दी वृद्धि गरिएपछि अभिभावकहरू सोमबार भेला भएर विद्यालय परिसरमा पुग्दैगर्दा प्रशासनले गुनासो सुन्नुको साटो उल्टै धरपकड गरेको थियो । तिलगंगास्थित प्यारागन पब्लिक स्कुल यो पटक मात्रै होइन, बारम्बार विवादमा परिरहने स्कुल हो ।

    विगतमा विद्यार्थीमाथि कुटपिट, शुल्कवृद्धि लगायतका वियमा बारम्बार बिवाद हुँदै आएका छन् । एनप्याब्सनकी पूर्वअध्यक्ष तथा ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालक गीता राणाकी बहिनी बिना बानुले सञ्चालन गर्दै आएको यो स्कुलले राजनीतिक शक्तिको आडमा विद्यार्थीमामाथि चर्को शुल्कको मनोमानी मच्चाइरहेको छ । तोडफोड भएका सामग्रीको क्षतिपूर्तिका लागि विद्यालयसँग माग गरिएको छ ।

    घटनालाई नागरिक सुसूचित हुन पाउने अधिकारमाथिको आक्रमणका रूपमा लिँदै स्कुल व्यवस्थापनले तत्काल माफी माग्न र संवैधानिक अधिकारको सम्मान गर्न स्कुल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ । सो क्रममा विद्यालयका अधिकारीसहितको एक समुहले दीपक अर्यालसहित पत्रकार सुरेन्द्रबहादुर गुरुङ, सरोज पौडेल, सुरेश रजक, सितल रिजालमाथि आक्रमण गरेको थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij