Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विभिन्न स्थानमा सातजना मृत फेला

विभिन्न स्थानमा सातजना मृत फेला

  • 157
    SHARES
  • विभिन्न स्थानमा सातजना मृत फेला

    काठमाडौं । विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दा माथी शिवपुरी राष्ट्रियनिकुन्ज जंगलमा सोही नगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मा लामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

    धनकुटा, महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस्थित खोल्सीमा भोजपुर अरूण गाउँपालिका-६ बस्ने ४४ वर्षीय लोकेन्द्र राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
    मोरङ, रंगेली नगरपालिका-२ जुलेबी टोल बस्ने ४० वर्षीया शान्ती आचार्य आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

    सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-८ आङपाङस्थित फोक्ते खोलामा सोही नगरपालिका-१० लुम्सा बस्ने ४४ वर्षीय जाङ्बु शेर्पा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    सिन्धुपाल्चोक, चौतारा सागाँचोकगढी नगरपालिका-१३ ठुलोसिरूबारी बस्ने ८४ वर्षीय जित बहादुर श्रेष्ठ सोही ठाउँस्थित खेतबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

    गुल्मी, मुसिकोट नगरपालिका-७ ढाव बस्ने ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका-४ फेदी बडिगार्ड खोलाको घाटमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसो घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

    कैलाली, भजनी नगरपालिका-८ जनकपुर बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij