Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्याउखेतीका लागि महासचिव विप्लव जुम्लामा

स्याउखेतीका लागि महासचिव विप्लव जुम्लामा

  • 154
    SHARES
  • स्याउखेतीका लागि महासचिव विप्लव जुम्लामा

    जुम्ला । हिम गाउँपालिका-६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पृगेका छन् ।

    महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए ।

    पार्टीको निर्णयअनुसार सामुहिक स्याउखेती सुरु गर्न लागिएको जनाइएको छ । कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।

    पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए ।

  • सम्बन्धित विषय:

  • # विप्लव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij