Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

  • 185
    SHARES
  • खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

    रसुवा । यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्वको खोप लगाइँदैछ । रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरु सक्रियताका साथ लागेका छन ।

    ‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरु परिचालन भएका छन । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवम् ढुवानी गरिएको जनस्वास्थ्य प्रमुखले बताए ।

    यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्वको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ ।

    आगामी २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरूपले आ–आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij