मुकेश झा
सर्लाही । तलब नपाएको भन्दै कर्मचारी धर्नामा बसेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अहिले अस्तव्यस्त अवस्थामा पुगेको छ ।
आर्थिक बर्ष २०८०।०८१ को बजेट नै ल्याउन नसकेको नगरपालिकाले कर्मचारीको तलवसमेत दिन सकेको छैन् । विकास निर्मााणको काम, समाजिक सुरक्षा भत्तासहित सबै सेवा रोकिएको छ ।

यसैकारण नगरपालिका अन्तर्गतका सबै र्कायालय बन्द गरेर कर्मचारीहरू नगरपालिका भवन अगाडी धर्नामा बसेको हुन् । अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द भएपछि नगरपालिका भित्रका ४० हजार जनता सिधै मारमा परेको छन् ।
९ वटै वडा कार्यालय, आर्युर्वेद शाखा, स्वास्थ्य शाखा, कृषि शाखा, पशु शाखालगाय पूर्णरुपमा बन्द भएका छन् । जनताको विभिन्न सिफारीस सहित, घटना दर्ता, बिरामी जॉचमा पनि रोकिएका छन् ।

चालु आर्थिक वर्षदेखि कर्मचारी, शिक्षकहरुको तलव रोकिएको छ । हरिपूर्वा नगरपालिका बिबादमा रहेकोले नगरसभा हुन नसक्दा समस्याहरू आएको वडा नम्बर १ का वडाध्यक्ष श्यामबाबु रायले बताए ।
नगरसभाको लागि हिजो बसेको कार्यपालिकाको बैठक पनि असफल भएपछि कर्मचारीहरू निराश बनेको छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij