वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका विघठित प्रतिनिधिसभाका आफूपक्षीय २३ सांसदसँग छलफल गरेका छन् ।
शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलले आफ्नै दलको नेतालाई प्रधानमन्त्रीबाट बर्खास्त गर्ने उद्देश्यले सर्वोेच्चमा हस्ताक्षर बुझाएका नेपालपक्षका सांसदलाई हस्ताक्षर फिर्ता लिन २ दिनको अल्टिमेटम दिएका थिए । सोही विषयमा नेपालले भर्चुअल छलफल गरी आगामी कार्यनीतिबारे धारणा आदान–प्रदान गरेका हुन् ।
शनिबार नै दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा जुटेका छन् । बैठकमा उपस्थित सबै सांसदले हस्ताक्षर फिर्ता लिन नहुने बताएका छन् ।
सांसदहरुको भर्चुअल बैठकपछि नेपाललाई भेट्न वार्तामा सहभागी नेता घनश्याम भुसाल कोटेश्वर पुगेका थिए । उनकै आग्रहमा ओली–नेपालबीच टेलिफोन सम्वाद पनि भएको एक नेताले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij