Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

युवाको हत्यामा संलग्न चारजना पक्राउ

युवाको हत्यामा संलग्न चारजना पक्राउ

  • 213
    SHARES
  • युवाको हत्यामा संलग्न चारजना पक्राउ

    म्याग्दी । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका-८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका-१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो ।

    घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले आज सार्वजनिक गरेको हो । हत्यामा संलग्न धवलागिरि गाउँपालिका-४ का अमृत पुर्जा, शंकर घर्ती, रघुगङ्गा-७ का १९ वर्षीय उत्सव पुन र मंगला गाउँपालिका-२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।

    ज्यानसम्बन्धी कसुर÷मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

    प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij