वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघले सोमबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्दै कोइरालाले भ्रष्टाचार निर्मूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताएका हुन ।
उनले माओवादी नेतृत्वको सरकारले ठूलाठूला प्रकरणलाई निष्कर्षमा पुराउन नसकेकाले आफूले प्रधानमन्त्रीको रिपोर्टकार्ड मागेको उनले बताए । कोइरालाले कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउनका लागि महासमितिको बैठकबाटै समयमा नै महाधिवेशन गर्नका लागि दवाव दिनुपर्ने जिकिर गरे । महाधिवेशनले पार्टीको वर्तमान नेतृत्व परिवर्तन गर्ने र कांग्रेसलाई बलियो बनाउने नेतृत्व आउने उनले दावी गरे । कांग्रेसले निर्वाचन अघि लोकतान्त्रिक शक्तिसँग मात्रै सहकार्य गर्नुपर्ने भन्दै कम्युनिस्टहरूसँग कुनैपनि अवस्थामा संगठित हुन नहुने उनले बताए ।
उनले ललितपुरको बालकुमारी घटना प्रहरी प्रशासनको मात्रै नभइ सरकारकै कमजोरीका कारण घटेको तर्क गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij