एजेन्सी
काठमाडौं । संसारमा यस्ता अनौठा बिरुवा र रूखहरू छन् । जसका बारे धेरैलाई जानकारी नै हुँदैन । सुन्दर बोटबिरुवा वा फूलले मानिसलाई आकर्षित गर्छ नै, कतिपय भने त्यसमा भएको गुणका कारण मानिसको निकट छन् ।
तर अहिले चर्चा गर्न खोजिएको भने एउटा अचम्मको बिरुवा बारे हो । यो बिरुवाको अनौठो पक्ष भनेको यसको पात हो । यो बिरुवामा लाग्ने पात मानिसको ओठजस्ता हुन्छन् । तस्बिरमा पनि देख्न सक्नुहुन्छ यो बिरुवाको पात ।
कोनोफाइटम पिग्मी नामको यो बिरुवा विशेष गरी दक्षिण अफ्रिकाको नामिबियामा पाइन्छ । काँडाविहीन यो पात क्याक्टस जस्तै गिटीहरूमाथि उम्रिन्छ । मानिसको ओठ जस्तै देखिने यसका गुलाबी, रसिला र गोलाकार पातहरूको अचम्म लाग्दा नै हुन्छन् । त्यही कारण यसको बिरुवा इन्टरनेटमा पनि चर्चाको विषय बन्ने गर्छ ।
प्रकृति यो सिर्जना देख्दा अचम्म लाग्छ । यो बिरुवालाई सामान्यतया कोन प्लान्ट, डम्प्लिङ, बटन प्लान्ट, लिप्स प्लान्ट र बट प्लान्ट भनिन्छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij