Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

शुक्रबार यी नदी क्षेत्रमा बाढीको उच्च जोखिम

शुक्रबार यी नदी क्षेत्रमा बाढीको उच्च जोखिम

  • 791
    SHARES
  • शुक्रबार यी नदी क्षेत्रमा बाढीको उच्च जोखिम

    काठमाडौं । अविरल वर्षाका कारण देशका ठूला तथा साना नदी आसपासमा जोखिम बढिरहेको छ ।शुक्रबार कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पुर्वी राप्तीलगायतमा बहाव धेरै बढ्न सक्ने र उच्च जोखिम रहन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    केही नदीमा सतर्कता तह पार हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ । त्यसैगरी पश्चिमी राप्ति, बबईमा बहाब सामान्य रहनेछ ।  

    तर भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदी तथा नारायणी र त्यसका सहायक नदीमा भने बहाब निकै बढ्ने र सतर्कता तह आपसाप पुग्नसक्ने पूर्वानुमान छ । अन्य जिल्लाका ठूला तथा साना नदीहरूमा पनि आकस्मिक बहाब आई जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij