वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या ४ लाख नाघेको छ । बिहीबार ७ सय ८२ जनाको मृत्यु भएसँगै यो संख्या ४ लाख पार गरेको हो ।
दोस्रो लहरको संक्रमणमा मात्रै २ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा १ लाख २२ हजारको मृत्यु भएको छ । मार्चबाट सुरु भएको नयाँ लहर जुन महिनापछि विस्तारै कमजोर बन्दै गएको छ । मे महिनाम दैनिक ४ लाख माथि पुगेको संक्रमण अहिले घटेर ४० हजारसम्म आइपुगेको छ ।
यही क्रममा गत २४ घण्टामा ४३ हजार १ सय ६९ जना संक्रमित भएका छन् । उच्च विन्दुबाट दैनिक संक्रमण ९१ प्रतिशत घटेको मन्त्रालयले जनाएको छ । उपचाररत सक्रिय संक्रमित ५ लाख ५ हजार रहेका छन् ।
अहिलेसम्म भारतमा ३ कराेड ४ लाख मानिस संक्रमित भएकामध्ये २ कराेड ९५ लाख निकाे भइसकेका छन् ।
भारतः कोरोनाको दोस्रो लहरबाट राहततर्फ
भारतमा काेराेना संक्रमण दर ९१ प्रतिशत घट्याे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij