Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीद्वारा सरसफाई

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीद्वारा सरसफाई

  • 203
    SHARES
  • नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीद्वारा सरसफाई

    बाँके । नेपालगञ्जमा रहेका विभिन्न धार्मिक स्थलहरुको सरसफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन।

    ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन ।

    सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताए।

    ‘नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको शहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौँ’, प्रजिअ पोखरेलले भने ।

    सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाई गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij