एजेन्सी
नयाँ दिल्ली । नयाँ दिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा बिष्फोट भएपछि सुरक्षाका लागि दूतावासको बाहिरी क्षेत्रमा अर्धसैनिक बल तैनाथ गरिएको छ ।
प्रहरीका अनुसार दूतावासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि त्यहाँको सुरक्षा बढाइएको हो । दूतावास क्षेत्र वरिपरि बिहीबार आवतजावत प्रतिबन्धितको साथै अर्धसैनिक बलहरू तैनाथ गरेको दृश्यहरू देखिएका छन् ।
दिल्ली प्रहरीलाई मंगलबार चाणक्यपुरी कूटनीतिक क्षेत्रस्थित इजरायली दूतावास नजिकै ‘विस्फोट’ भएको फोन आएको थियो । तर अधिकारीहरूले घटनास्थलमा त्यस्तो केही नभेटिएको बताएका थिए । विस्फोट भएको सूचनासहितको फोन दिल्ली फायर सर्भिसले साँझ छ बजे प्राप्त गरेको थियो । बुधबार घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान एजेन्सीलाई खटाइएको थियो ।
अनुसन्धानका लागी दिल्ली प्रहरीले सीसीटीभी फुटेज जाँच पछि दुई ‘संदिग्ध’ लाई नियन्त्रण गरेको छ । यद्यपी अधिकारीहरूले उनीहरूको संलग्नता भने पुष्टि गरेका छैनन् ।
स्रोतका अनुसार मंगलबार साँझ इजरायली दूतावास नजिकै घुमिरहेका दुई व्यक्ति ‘विस्फोट’ घटनाका शंकास्पद व्यक्तिका रूपमा देखा परेका छन् ।
स्रोतका अनुसार ‘सीसीटीभी फुटेजमा दुईजना व्यक्तिहरू घटनाको समयमा उक्त क्षेत्रमा घुमिरहेका देखिन्छन् । घटनामा उनीहरूको भूमिका भने अझै प्रष्ट हुन सकेको छैन । थप अनुसन्धानपछि उनीहरू घटनाको समयमा त्यस क्षेत्रमा के गर्दै थिए प्रष्ट हुनेछ ।
प्रहरीले संदिग्ध व्यक्ति कसरी त्यहाँ पुगे र के गरे भन्ने पत्ता लगाउन वरपरका सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले उनीहरूकोे पहिचानको लागि पनि प्रयास गरिरहेको बताएको छ ।
दिल्ली प्रहरीले मंगलबार साँझ ‘विस्फोट’ बारे जानकारी सम्बन्धमा इजरायल दूतावास नजिकै राजदूतलाई सम्बोधन गरेको पत्र फेला पारेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij