Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हरिपुर्वामा ७५ वर्षीय वृद्धको टाउकोमा चोट लागेको अवस्थामा शव भेटियो 

हरिपुर्वामा ७५ वर्षीय वृद्धको टाउकोमा चोट लागेको अवस्थामा शव भेटियो 

  • 805
    SHARES
  • हरिपुर्वामा ७५ वर्षीय वृद्धको टाउकोमा चोट लागेको अवस्थामा शव भेटियो 

    सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको छ । 

    टाउकोको पछिल्लो भागमा चोटपटक लागेको अवस्थामा राय आफ्नै गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरी अनुमान छ ।

    बुधबार दिउँसो करिब ३ बजे नै राय मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई गरिएको थियो । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का र प्रारम्भिक अनुसन्धानमा समय लागेकाले शव बिहीबार मात्र पोष्टमार्टमका लागि लगिने भएको छ ।

    प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि मगाएको छ । राय मृत भेटिएको गोठ एकान्त स्थानमा रहेको प्रहरीले जनायो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij