एजेन्सी
नयाँ दिल्ली। कोरोनाको नयाँ संस्करण जेएन वानका केसहरू विश्वभर द्रुत गतिमा बढ्न थालेका छन् । हालसम्म ४० देशमा यसको प्रभाव देखिएको छ । छिमेकी देश भारतमा पनि २३ जना संक्रमित भेटिएका छन् । गोवामा सबैभन्दा धेरै १९ जना याे भेरियन्टका विरामी भेटिएका छन् । याेसँगै राजस्थानमा पनि दुई वटा र केरला र महाराष्ट्रमा १–१ जनामा संक्रमण देखिएको छ ।
भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा केरलामा मात्रै ३ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । सोही अवधिमा ३ जनाको पनि मृत्यु भएको छ ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या बढेर २६६९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो परीक्षणमा देशभर ३५८ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केन्द्र सरकारले राज्य सरकारहरूलाई कोभिड परीक्षण बढाउन सुझाव दिएको छ । यससँगै पोजेटिभ देखिएका नमूनालाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाउन भनिएको छ । केरलाको तिरुवनन्तपुरममा कोरोनाको नयाँ संस्करण जेएन वानको पहिलो केस फेला परेको थियो।
डब्लुएचओले कोरोनाको नयाँ भेरियन्टको बारेमा जारी गरेको एडभाइजरीमा मास्क लगाउन र भीडभाड भएको ठाउँमा नजान सल्लाह दिइएको छ। तर, डब्लुएचओले यो कोरोना भाइरसमा विद्यमान भ्याक्सिन पूर्णतया प्रभावकारी रहेको र डराउनुपर्ने कुरा नरहेको बताएको छ ।
अमेरिकामा कोरोनाको जेएन वान संस्करणको पहिलो केस डिसेम्बर ८ मा भेटिएको थियो। अमेरिकामा भेटिएका नयाँ कोरोना केसमध्ये ३० प्रतिशत नयाँ भेरियन्टका रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij