Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पुरुष फुटबल : इलामले ललितपुरलाई हरायो

पुरुष फुटबल : इलामले ललितपुरलाई हरायो

  • 168
    SHARES
  • पुरुष फुटबल : इलामले ललितपुरलाई हरायो

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १-० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

    इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

    सात खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij