वेबटिभी खबर
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद डा.शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताए ।
उनले ढुंगामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे ।
केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवर्द्ननमा जोड दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij