Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै संक्रमित भेटिए

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै संक्रमित भेटिए

  • 667
    SHARES
  • बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै संक्रमित भेटिए

    लण्डन । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित बुधबार भेटिएका छन् । बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् । सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै संक्रमित भेटिएको पाइएको छ ।

    २६ हजार ६८ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए ।

    अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ ।बेलायतमा भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । बुधबार मात्र १४ जना संक्रमितको मृत्यु भएको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij