Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

  • 205
    SHARES
  • नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

    नेपालगञ्ज । स्थानीय प्रशासनले यहाँ सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ ।

    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा सरोकार भएका निकायको सहभागितामा आज खानेपानी उत्पादन उद्योगको अनुगमन गर्दै अनुज्ञापत्र नलिँदासम्म उत्पादनमा रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

    पोखरेलका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११ मा रहेको रारा प्रोसेसिङ ड्रिङकिङ वाटर इण्डस्ट्रीलाई २० हजार जरिवाना गरिनुका साथै पुराना २२ जार नष्ट गरिएको छ । सो उद्योगबाट पानीको नमूना संकलन भएको छ । त्यस्तै वाइ के ड्रिङकिङ वाटर इण्डस्ट्री सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग शिल गरिएको छ ।

    उक्त उद्योगबाट पनि पानीको नमूना संकलन गरिएको छ । त्यसैगरी न्यू सगरमाथा पानी उद्योग बिल, बिजकबिना कारोबार भएको पाइएकाले रु पाँच हजार जरिवाना गरिएको छ । उद्योगबाट पानीको नमूनासमेत संकलन गरिएको छ ।

    सहायक प्रजिअ गुरुङले आवश्यकतानुसार अन्य उद्योगको पनि अनुगमन हुने जानकारी दिँदै खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको नमूना परीक्षणका लागि संकलन गरिएको बताए ।

    उनले नेपालगञ्जमा हातेपम्पबाट आउने खानेपानीको नमूनासमेत संकलन भएको उल्लेख गरे । उनले भने, ‘अब नियिमितरूपमा अनुगमनलाई प्राथमिकता दिइने छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij