वेबटिभी खबर
काठमाडौं । देशका विभिन्न नदीहरूमा बाढी आउने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बुधबारदेखि मनसुनी गतिविधि फेरि सक्रिय बनेको र अधिकांश भू-भागमा अति भारी वर्षा हुने भएकाले बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ । कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तर नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । दिउँसोसम्म यी नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
असार १६
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 30, 2021
आज कोशी र नारायणीका केही सहायक नदीहरु तथा पुर्वी राप्ती,कमला,बागमती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी बर्षा भई बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पुर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔ। pic.twitter.com/rADXmyUi4j
कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्त्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । यस्तै पश्चिम राप्ती र बबई नदीको बहाव सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij