Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ब्राजिलमा भारतबाट खोप किन्ने सम्झौता स्थगित

ब्राजिलमा भारतबाट खोप किन्ने सम्झौता स्थगित

  • 745
    SHARES
  • ब्राजिलमा भारतबाट खोप किन्ने सम्झौता स्थगित

    ब्राजिलिया । ब्राजिलका स्वास्थ्यमन्त्रीले भारतबाट खोप खरिद गर्न गरिएको सम्झौता रद्द गरिएको बताएका छन् । ३२४ मिलियन डलर बराबरको खोप खरिदमा राष्ट्रपति जयर बोल्सोनारोले अनियमितता गरेको आरोप लागेपछि ब्राजिलमा विवाद बढेको थियो । 

    यस अनुबन्धको माध्यामबाट ब्राजिलले भारतबाट दुई करोड खोप खरिद गर्ने तयारीमा थियो । तर राष्ट्रपति बोल्सोनारो अनियमितता गरेको आरोप अस्वीकार गरेका छन् । स्थानीय मिडियाका अनुसार केही व्यक्तिले राष्ट्रपतिमाथि सार्वजनिक रुपमै अनियमितताको आरोप लगाएका थिए । 

    भारत बायोटेकले कोभ्याक्सिनको प्रति डोज १५ देखि २० डलरसम्म दिने गरी फेब्रुअरीमा ब्राजिलसँग सम्झौतामा हस्ताक्षर गरेको थियो तर भारत बायोटेकका अनुसार खरीद आदेश स्पष्ट नभएकोले अहिलेसम्म खोपको कुनै पनि डोज पठाइएको थिएन । 

    गत वर्ष फाइजरको प्रस्तावलाई अस्वीकार गरेको ब्राजिलको सरकारले किन भारतबाट महंगोमा खोप खरिद गर्न सम्झौता गर्यो भनेर सिनेट कमिटी र अभियोजकहरूले अनुसन्धान गरिरहेका छन् । भारत बायाेटेकले भने ब्राजिललाई उपलब्ध गराउने खाेपकाे मूल्य नबढाएकाे बताएकाे छ । 

    ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद  ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij