Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ब्राजिलमा ४१ लाखले खोपको दोस्रो डोज लगाएनन्

ब्राजिलमा ४१ लाखले खोपको दोस्रो डोज लगाएनन्

  • 628
    SHARES
  • ब्राजिलमा ४१ लाखले खोपको दोस्रो डोज लगाएनन्

    ब्राजिलिया । कोरोना भाइरसको संक्रमणबाट अमेरिकापछि सबैभन्दा धेरै मृत्यु ब्राजिलमा भएको छ । त्यहाँ ५ लाख १३ हजार ५ सय ४४ जना व्यक्तिले भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । यतिवेला दैनिक ३० हजारको हाराहारीमा संक्रमण भइरहेको छ भने मृत्युदर पनि १ हजारनजिक छ ।

    संक्रमण झन् बढ्दै जाँदा पनि त्यहाँका ४१ लाख मानिसले खोपको दोस्रो डोज लगाएनन् । पहिलो डोज खोप लिनेमध्ये यी १६ प्रतिशत व्यक्तिले अर्को डोज तोकिएको मिति जुन १सम्म लगाउन नगएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    दोस्रो मात्राको खोप नलगाउनेमा धेरै जसो ज्येष्ठ नागरिक रहेका छन् । सरकारले इन्टरनेटको अभावका कारण दर्ता गर्न समस्या भएर यस्तो अवस्था आएको हुन सक्ने अनुमान गरेको छ । तर स्थानीय व्यक्तिहरुले खोप लगाउने इच्छा कम हुँदै गएको बताएका छन् । उनीहरुले खोप आपूर्तिमा सरकारले भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । 

    केहीले खाेपकाे पहिलाे डाेज नै प्रभावकारी हुन्छ भन्ने गलत सूचनाका कारण पनि दाेस्राेपटक लगाउन नगएकाे डा. अल्बेर्टाे चेबाबाेले बताए । 

    ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद  ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद  कोभिड-१९ बाट ब्राजिलमा २४ घण्टामा दुई हजार बढीको निधन कोभिड-१९ बाट ब्राजिलमा २४ घण्टामा दुई हजार बढीको निधन ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो ब्राजिलमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या झन् बढ्यो ब्राजिलमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या झन् बढ्यो ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव कोपा अमेरिका फुटबल ब्राजिलमा हुने  कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij