वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायली राजदूत हनान गोडरले रोपाइँ गरेका छन् ।

अठारौं राष्ट्रिय धान दिवसको अवसरमा पर्वतको मोदी गाउँपालिका-७ राम्जा पुगेर अध्यक्ष तिमिल्सिना र राजदूत हनान गोडर धान रोपाइँ कार्यक्रममा सहभागी भएका हुन् । मोदी गाउँपालिकाको राम्जा अध्यक्ष तिमिल्सिनाको जन्मस्थान हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij