Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क विद्युत

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क विद्युत

  • 179
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क विद्युत

    रूकुम । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ ।

    भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

    भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले राससलाई जानकारी दिए ।

    आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए । आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij