Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहत वितरणमा प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहत वितरणमा प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

  • 185
    SHARES
  • गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहत वितरणमा प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

    बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन ।

    रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको बताएका हुन ।

    ‘राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ’, प्रधानमन्त्रीले दाहालले भने, ‘राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।’

    सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सांसद नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उद्घाटनका लागि प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij