Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

टी-२० विश्वकप एसिया छनोट : नेपाल र ओमान भिड्दै

टी-२० विश्वकप एसिया छनोट : नेपाल र ओमान भिड्दै

  • 227
    SHARES
  • टी-२० विश्वकप एसिया छनोट : नेपाल र ओमान भिड्दै

    काठमाडौं । टी-२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानले सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् ।

    स्थान बनाउँदै नेपाल इतिहासमा दोस्रोपटक टी-२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ ।

    शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ ।

    आज भएको समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल गर्यो । लगातार दोस्रो जीतपछि नेपालले भोलि ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो । नेपालले सेमिफाइनल कोसित खेल्छ भन्ने टुंगो भोलि लाग्नेछ ।

    नेपालसँगै ओमान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलिको खेलले नेपाल र ओमानमा को पहिलो हुने भन्ने निश्चित गर्ने छ । यदि नेपालले ओमानलाई हराउँदै सेमिफाइनलमा पहिलो भयो भने अर्को समूहबाट दोस्रो भएर आउने टीमसँग खेल्नेछ । नेपाल पराजित भएर दोस्रो भयो भने समूह ‘बी’ को पहिलो टीमसँग खेल्नुपर्छ ।

    समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेत छन् । लगातार दुई जीत हासिल गरेको यूएईले सेमिफाइनलमा स्थान बनाउने लगभग पक्का छ ।

    सेमिफाइनलको दावेदार मानिएको हङकङ बहराइनसँग पराजित भयो भने बहराइन यूएईसँग पराजित भयो । यसले समूहबीचको समीकरण रोचक बनेको छ । अब भोलि यूएई र हङकङ अनि बहराइन र कुवेतबीच खेल हुनेछ ।

    यूएईले हङकङलाई र बहराइनले कुवेतलाई हराएको खण्डमा बहराइन सेमिफाइनलमा जानेछ । हङकङले यूएईलाई र बहराइनले कुवेतलाई हराएमा रनरेटको आधारमा निर्णय हुन्छ ।

    यस्तै हङकङले यूएईलाई र कुवेतले बहराइनलाई हराएको खण्डमा हङकङ सेमिफाइनलमा जान्छ । कुवेतको भने सम्भावना अन्त्य भइसकेको छ ।

    नेपालले यूएईसँग अत्यधिक म्याच खेल्दै आएको छ । पछिल्लो केही वर्षमा नेपाल युएईमाथि हावी भइरहेको थियो । यद्यपि, हालै काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई हराएकाले यूएईको मनोबल बढेको छ ।

    बहराइनसँग नेपालले कम खेल खेले पनि तुलनात्मक रुपमा नेपाल बलियो हो । यद्यपि, विश्वकपको लागि निर्णायक म्याच भएको खेलाडीहरु दबाबमा हुनेछन् । खासमा यो प्रतियोगिताको फाइनलभन्दा सेमिफाइनल महत्वपूर्ण छ ।

    नेपालका लागि समूह विजेता हुनु महत्वपूर्ण किन छ भने समूह एको बिजेता र समूह बीको उपविजेताबीचको म्याच त्रिवि मैदानमा हुनेछ । त्रिवि मैदानमा नेपालको ब्याटिङ निकै चल्ने गर्छ । यहाँ नेपाललाई हराउन कुनै पनि टिमका लागि सहज हुँदैन ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij