Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ऋण खोजेर घाइते लडाकुको उपचार गराएको छु: प्रचण्ड

ऋण खोजेर घाइते लडाकुको उपचार गराएको छु: प्रचण्ड

  • 5.1K
    SHARES
  • ऋण खोजेर घाइते लडाकुको उपचार गराएको छु: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल (प्रचण्ड) ले आफूले ऋण खोजेर भए पनि द्वन्द्वका घाइते र अपांगको उपचार गरेको दाबी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आयोजना गरेको पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छँदा आफूले द्वन्द्वका घाइत र अपांगको उपचार गर्न र उनीहरूलाई राहत दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पटक-पटक आग्रह गर्दा पनि उनले बेवास्ता गरेको प्रचण्डको भनाइ छ ।

    २३ फागुनमा नेकपाबाट माओवादी केन्द्र र एमाले ब्युँतिएपछि माओवादीका पूर्वकमान्डरहरूलाई एमालेमा आकर्षित गर्न एमाले अध्यक्ष ओलीले कालीबहादुर खामलाई बोलाएर घाइतेको उपचार गर्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै प्रचण्डले आपत्ति जनाए । 

    ‘म नेकपामै हुन्जेल भााइतेको उपचार गरौं भन्दा सुन्नै नमानेका ओली नेकपा फुटेपछि पो कालीबहादुर खाम कहाँ छन् भनेर खोज्दै छन् । मैले नेकपामा छँदा घाइतेको उपचार गरौं भन्दा उनले पूर्ण रूपमा बेवास्ता गरे,’ प्रचण्डले भने, ‘बरु म आफैंले ऋण खोजेर घाइतेको उपचार गराएको छु ।’

    प्रचण्डले आफूहरू वर्षौंदेखि गणतन्त्रका लागि लड्दै आएकाले अहिले आएर राजा राम्रो भन्न अथवा राजसंस्थाको पक्षमा लागेको भन्ठान्नु असम्भव भएको स्पष्ट पारे । आफू वर्षौंदेखि गणतन्त्रको पक्षमा लड्दै आएकाले कुनै पनि हालतमा राजा ठिक हो नभनेको प्रचण्डको प्रष्टोक्ति छ ।

    दुई दिनअघि (बिहीबार) सोही हलमा सम्पादकहरूसँगको अन्तर्क्रियामा आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले, ‘अहिलेको राष्ट्रपतिभन्दा त राजाकै शान र मान थियो, यस्तो राष्ट्रपतिभन्दा त राजा नै ठिक थिए,’ भनेका थिए ।

    आफूले राजालाई व्यङ्गात्मक राष्ट्रपतिभन्दा त राजा ठिक थिए भनेकोमा त्यसलाई अकै अर्थमा बढाइचढाइ गरिएको भन्दै प्रचण्डले भने, ‘सायद प्रचण्ड भन्ने मान्छे इतिहासमै फरक भएर हो कि, कि मेरो मुख नै यस्तो हो, मैले क बोलेँ भने प्रचण्डले ज्ञ भनेको थियो भनेर प्रचार गरिन्छ । किन यस्तो गरिन्छ अचम्म छ ।’

    माओवादी आफैं अघि नबढ्ने भएरै विभिन्न दलसँग तालमेलमा लागेको हो ? भन्ने पत्रकारको प्रश्नको उत्तरमा प्रचण्डले भने, ‘यसमा केही सच्चाइ छ । तर जहाँसम्म एमालेसँग एकताको कुरा छ, त्यो मेरो कुनै स्वार्थले प्रेरित भएर गरिएको एकता थिएन । ओलीले सुरुमा तपाईं नेपालकै शक्तिशाली नेता हो भने तर उनले आफू प्रधानमन्त्री बन्न मलाई प्रयोग गरेका रहेछन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij