Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सडक डिभिजनमा ताला लगाउन पुगेका वडाध्यक्षसहित स्थानीय पक्राउ

सडक डिभिजनमा ताला लगाउन पुगेका वडाध्यक्षसहित स्थानीय पक्राउ

  • 745
    SHARES
  • सडक डिभिजनमा ताला लगाउन पुगेका वडाध्यक्षसहित स्थानीय पक्राउ

    काठमाडौं । सडक निर्माण अलपत्र परेको भन्दै सडक विभागमा तालाबन्दी गर्न पुगेका वडाध्यक्षसहित केही स्थानीयबासी आइतबार पक्राउ परेका छन् ।

    कपनस्थित तेन्जिंग चोक-खरिबोट सडक समयमै सम्पन्न नगरेर अलपत्र पारेको भन्दै विभागअन्तर्गत बबरमहलमा रहेको काठमाडौं सडक डिभिजन कार्यायलमा तालाबन्दी गर्न पुगेका बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसहित स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेको हो । 

    डिभिजन कार्यालय पुगेर वडाअध्यक्ष शम्भु भट्टराईसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो । डिभिजन कार्यालयले सडक बनाउने जिम्मा लिएको तर वर्षौंदेखि सडक निर्माणलाई अलपत्र पारको र सडक मर्मत गर्न डिभिजन कार्यालयलाई पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवाई नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताए ।

    पक्राउ परेकाहरूलाई अहिले तीनकुनेस्थित प्रहरी कार्यालय लगिएको छ । यता विभागले भने आफ्नो तर्फबाट सडक निर्माण अघि बढाउँदा पनि जनप्रतिनिधिहरूबाट असहयोग भएको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij