Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न मन्त्री ज्वालाको आग्रह

एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न मन्त्री ज्वालाको आग्रह

  • 261
    SHARES
  • एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न मन्त्री ज्वालाको आग्रह

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेका अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन् ।

    उनले भने, ‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ । परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन । परियोजनामा केही समस्या छन् । तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैँ हल भएर जानेछन् ।’

    प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी परियोजना सहज रुपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताए । 

    उनले भने, ‘एमसिसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएको छु नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु ।’

    सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसन लगायतको उपस्थिति थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij