Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

  • 252
    SHARES
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    मोरङ । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

    ग्रामथान गाउँपालिका-२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान-२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

    उनका अनुसार दुबै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर स्थानीयले फेला पारेका थिए । पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो ।

    प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको दाहालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij