Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु

  • 206
    SHARES
  • छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु

    सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

    आइतबार राति ८ बजे रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

    यस्तै इटहरी उपमहानगरपालिका-४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम-७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij