Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बाग्लुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

बाग्लुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

  • 215
    SHARES
  • बाग्लुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

    बाग्लुङ । बाग्लुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाग्लुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको हो ।

    केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए ।

    उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन । गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा तीन करोड ६० लाख बजेट विनियोजन गरेको छ ।

    ज्ञान केन्द्रको लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ ।

    यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलु खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन । आलु प्रवर्द्धन कार्यक्रमअन्र्तगत किसानलाई आलुको बीउ कृषि औँजारदेखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बाग्लुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

    ‘कृषकलाई आलुको बिउ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ’, अधिकृत पुनले भने, ‘उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्‍याउँछौँ ।’

    गत वर्ष बाग्लुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij