वेबटिभी खबर
काठमाडौं । कोपा अमेरिका फुटबलअन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले बराबरी गरेका छन् ।
अन्तिम समयको गोलको सहयोगका भेनेजुएलाले इक्वेडरलाई २-२ को बराबरीमा रोक्न सफल भएको हो । समूह बीअन्तर्गतको खेलमा इक्वेडरका लागि ३९ औँ मिनेटमा एरिटन प्रेसिएडो र ७१ औँ मिनेटमा गोन्जालो प्लाताले गोल गरेका हुन् ।
भेनेजुएलाका लागि ५१ औँ मिनेटमा एड्सन कास्तिलो र इन्जुर समयको पहिलो अर्थात ९१ औँ मिनेटमा रोनाल्ड हेर्नान्डेजले गोल गरेका हुन् । अब नेपाली समय अनुसार बिहीबार बिहान इक्वेडरले पेरुसँग तथा जुन २७ मा भेनेजुएलाले पेरुसँग खेल्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij