वेबटिभी खबर
काठमाडौं । इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पिसले सन् २०२० मा १२ वर्षयता विश्वमा द्वन्द्व बढेको छ । समग्रमा युद्ध र आतंकवादको तहमा गिरावट आए पनि राजनीतिक अस्थिरता र हिंसात्मक प्रदर्शन बढेको उक्त संस्थाको ग्लोबल पिस इन्डेक्सले जनाएको छ ।
जनवरी २०२० देखि अप्रिल २०२१ सम्म विश्वमा महामारीसँग जोडिएका ६ हजारभन्दा बढी हिंसात्मक घटना भएका छन् । २५ देशमा हिंस्रक प्रदर्शनको संख्या बढेको छ भने आठ वटा देशमा भने घटेको छ । सबैभन्दा बढी अस्थिरता र हिंसा बेलारुस, म्यान्मार, रुसमा सरकारले प्रदर्शनकारीलाई बल प्रयोग गरेर हिंस्रक तरिकाले दमन गर्यो ।
यसका रिपोर्टअनुसार यस वर्ष अफगानिस्तान विश्वको सबैभन्दा कम शान्तिपूर्ण देश रहेको छ । अफगानिस्तानपछि यमन, सिरिया, दक्षिण सुडान र इराकमामा शान्तिपूर्ण स्थिति कम रहेको छ । अफगानिस्ता, ब्राजिल, दक्षिण अफ्रिका र मेक्सिकोमा आधाभन्दा धेरै जनसंख्याले दैनिक जीवनमा हिंसाको सबैभन्दा ठूलो जोखिम सामना गर्नुपर्दछ ।
आइसल्यान्ड सबैभन्दा शान्तिपूर्ण देश रहेको छ । सन् २००९ देखि यता शान्ति कायम गर्ने मुलुकमा आइसल्यान्ड पहिलो स्थानमा छ । तर पनि त्यहाँ राजनीतिक अस्थिरता बढ्दै गएको छ ।
महामारीका वर्ष अमेरिकामा पनि नागरिक अशान्ति धेरै छिटो बढ्यो । यसको कारण महामारी मात्रै थिएन् । त्यहाँ ब्ल्याक लाइभ्स म्याटर (अश्वेत नागरिकमाथि ज्यादतीका विरुद्ध) आन्दोलन र सन् २०२१ को जनवरीमा संसद भवनमा आक्रमण भएको घटनाले हिंसा र अस्थिरता बढेको देखिन्छ ।
विश्वका धेरै ठाउँमा हत्याको दर, आतंकवादका कारण हुने मृत्युको संख्या र अपराधका घटनाहरूमा उल्लेखनीय गिरावट आएको छ । महामारीको आर्थिक प्रभावले अनिश्चितता बढाउने भएकाले विशेष गरी पहिलेदेखि नै स्थिति सन्तुलनमा नभएका देशमा अझ मतभेद बढ्ने देखिएको रिपोर्टमा भनिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij