वेबटिभी खबर
जेनेभा । म्यान्मारमा गत फेबु्रअरी महिनामा सैन्य विद्रोह गरेर सत्ता नियन्त्रणमा लिएको सेनालाई हतियार नबेच्न संयुक्त राष्ट्र संघले एक निर्देशन जारी गरेको छ ।
राष्ट्र संघको महासभाले म्यान्मारको सेना जुन्ताले निन्दा गर्दै यस्तो संकल्प प्रस्ताव पारित गरेको हो । संघले त्यहाँकी जननिर्वाचित नेना आङ सान सुकीसहित हिरासतमा लिएका सबै नेतालाई रिहा गर्न माग पनि गरेको छ ।
कानुनी रुपमा बाध्यकारी नरहेपनि यो प्रस्तावको राजनीतिक महत्व छ । म्यानमारका लागि संयुक्त राष्ट्र संघका विशेष दूत क्रिस्टीन श्रेनर बर्जनरले भनेका छन्, 'ठूलो मात्रामा गृहयुद्धको खतरा वास्तविक छ ।'
१९३ देश सदस्य रहेको महासभामा यो प्रस्ताव ११९ देशले समर्थन गरेका थिए । बेलारुसमात्रै यसको विपक्षमा थियो भने चीन, रुससहित ३६ देश अनुपस्थित थिए । रुस र चीन म्यान्मारमा हतियार निर्यात गर्ने मुख्य देश हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij