Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा कोरोनाबाट दैनिक संक्रमित हुने र मृत्यु दर दुबै घट्यो 

भारतमा कोरोनाबाट दैनिक संक्रमित हुने र मृत्यु दर दुबै घट्यो 

  • 553
    SHARES
  • भारतमा कोरोनाबाट दैनिक संक्रमित हुने र मृत्यु दर दुबै घट्यो 

    नयाँ दिल्ली । कोरोना भाइरसको दोस्रो लहरबाट सर्वाधिक प्रभावित भारतमा अब संक्रमणको दर निकै घटेको छ ।

    दैनिक संक्रमितको संख्या र मृत्यु दर दुबै घटेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ४१९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्या ८१ दिनपछि ६० हजारभन्दा तल झरेको हो । 

    त्यसैगरी यो अवधिमा ८७ हजार ६१९ जना संक्रमित निको भएका छन् । भारतमा लगातार ३८ दिनदेखि नयाँ संक्रमित थपिनेभन्दा निको हुने संख्या बढी छ । 

    अर्काे सुखद पक्ष भनेको भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घट्दै गएको छ । शनिबार एक हजार पाँच सय ७६ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । 

    भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजारलाई कोरोनाविरुद्धको खोप लगाइ सकिएको छ । शनिबार एकै दिनमा ३८ लाख १० हजारजनालाई खोप लगाइएको थियो । 

    भारतमा संक्रमण दैनिक २.९८ प्रतिशतले कम हुँदै भारतमा संक्रमण दैनिक २.९८ प्रतिशतले कम हुँदै

     

    भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij