Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दाङमा २९८ घरेलु उद्योग बन्द

दाङमा २९८ घरेलु उद्योग बन्द

  • 209
    SHARES
  • दाङमा २९८ घरेलु उद्योग बन्द

    दाङ । दाङमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन ।

    बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका हुन । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको संख्या न्यून भएको प्रमुख गुरुङले बताए ।

    जिल्लामा आव २०७९/८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालु तथा स्थिर पुँजीतर्फ एक अर्ब ४१ करोड एक लाख लगानी भएको छ । यसबाट ६३ लाख ३१ हजार राजश्व संकलन भएको प्रमुख गुरुङले जानकारी दिए ।

    जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन । २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९/८० मा सात सय ४२ उद्योग थपिएको तथ्यांकले देखाएको छ ।

    एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन भने आठ सय १२ उद्यमी थपिएका छन । दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्यांक छ ।

    उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन । यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन । एक सय ८९ उद्योग नवीकरण गरिएको प्रमुख  गुरुङको भनाइ छ ।

    कृषि तथा वनजन्य उद्योगमा चार सय ३२ दर्ता भएका छन । यसबाट एक हजार एक सय ६८ जनाले रोजगार प्राप्त गरेका छन । कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन ।

    त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन । सेवामूलक दुई सय ४० उद्योग नवीकरण भएका छन । वाणिज्यतर्फ आठ सय २७ फर्म दर्ता भएका छन ।

    कोभिड-१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन । उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij