Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुन्छ : उपराष्ट्रपति यादव

देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुन्छ : उपराष्ट्रपति यादव

  • 198
    SHARES
  • देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुन्छ : उपराष्ट्रपति यादव

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताएका छन ।

    अवैतनिक वाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन संघका पदाधिकारीहरूलाई आह्वान गरे ।

    मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

    चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

    कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद् उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे ।

    उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास रहेको जनाए ।

    उपराष्ट्रपति यादवले भने, ‘यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रूपमा भित्र्याउन यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ ।’

    नेपालमा लगानीका सम्भाव्यहरू जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे ।

    कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्न सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरू, विभिन्न देशका महावाणिज्य दूत तथा वाणिज्य दूतहरू र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij