वेबटिभी खबर
काबुल । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सालिभानले अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानबीच यस साता भएको बैठकमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि टर्कीले काबुलको हामिद कारजाई विमानस्थलको सुरक्षा गर्ने सहमति भएको छ ।
अफगानिस्तानबाट नेटाे र अमेरिकी सेना फर्किएपछि विमानस्थलकाे सुरक्षा गर्ने टर्कीकाे प्रस्तावमा अमेरिका सहमत भएकाे हाे ।
तर टर्कीबाट रुसले एस-४०० मिसाइल रक्षा प्रणाली खरिद गर्ने सवालमा कुनै सहमति भएको छैन । यो मुद्दा लामो समयदेखि नेटोका सदस्य मुलुकहरुबीच तनावको कारण बनेको छ । अहिलेकाे समयमा एर्दोगानले विमानस्थलको सुरक्षाका लागि अमेरिकाको सहयोग खोजेका थिए र बाइडेनले आफू सबै खालको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
टर्की र अमेरिकाबीच धेरै विषयमा मतभेद छ । यसमा रुसबाट मिसाइल रक्षा प्रणाली खरीद गर्ने, सिरिया र पूर्वी भूमध्यसागर सम्बन्धी नीतिहरूमा भिन्नता जस्ता मुद्दाहरू सामेल छन् ।
बाइडेन र एर्दोगानको पहिलो प्रत्यक्ष बैठकले यी मुद्दाहरूमा एकैपटक ठूलो परिवर्तन आउन सक्ने सम्भावना पनि थिएन । बैठकपछि दुवै नेता उत्साहित देखिएका थिए तर वार्तामा कुनै ठोस सहमति भएन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij