वेबटिभी खबर
काठमाडौं । स्वस्थ रहन र शरीरलाई आकर्षक बनाउन जिम जाने संस्कृति बढ्दै गएको छ । शहरमा मात्र नभएर गाउँसम्म जिम स्थलहरू विस्तार हुँदै गएका छन् ।
युवा माझ जिम लोकप्रिय बन्दै गएपछि यसको विस्तार पनि हुँदै गएको छ । फिल्मका कलाकारमा पनि जिम गरेर आकर्षक शरीर बनाउने होड छ । त्यसको सिधा प्रभाव आम मानिसलाई पनि परेको छ ।
जिम गर्दा एक्कासि रक्तचाप बढ्ने समस्या आउनसक्छ । धेरै बेर र कडा जिम गर्दा रक्तचाप बढ्ने समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ । किन जिम गर्दा रक्तचाप बढ्छ त ? चिकित्सकले त्यसको कारण बताएका छन् ।
यस कारण बढ्छ रक्तचाप
जिम गर्दा अक्सिजन र आवश्यक शक्तिको माग शरीरले धान्न नसक्दा धेरै शारीरिक परिवर्तनहरू हुने गर्छ । यसरी हुने परिवर्तनमा उच्च रक्तचाप र हृदयघातको सम्भावना हुन्छ ।
व्यायाम गर्दा मांशपेशीलाई तागत दिन बढी अक्सिजन चाहिन्छ । यसका लागि मुटुको सक्रियता पनि बढी आवश्यक पर्छ । जसले गर्दा मुटुको गति बढ्छ ।
व्यायामको क्रममा मांसपेशीहरूमा रक्त नलीहरू फैलिन्छन् र अधिक रगत प्रवाह हुन सक्छ । व्यायाम गर्दा मुटुले प्रति मिनेट पम्प गर्ने रगतको मात्रा बढ्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij