वेबटिभी खबर
काठमाडौं । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा चिलेसँग १-१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई १-० गाेलले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि गुइडोलाई मेस्सीले सहयोग गरेका हुन् । त्यसपछि पनि गोल गर्ने केही राम्रा मौका बनाए पनि गोल लौतारो मार्तिनेजसहितले गोल गर्न सकेनन् ।
यस्तै उरुग्वेका लागि लुइस स्वारेजसहितले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । स्वारेजले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो ।
शनिबार बिहानै भएको खेलमा चिलेले बोलिाभियामाथि १-० कै जित दर्ता गरेको थियो । पहिलो खेलमा चिले र अर्जेन्टिनाले १-१ को बराबरी खेलेका थिए ।
उरुग्वेको भने यो पहिलो खेल हो । पहिलो खेलमै पराजित भएको छ । अब मंगलबार उरुग्वेले चिले तथा अर्जेन्टिनाले पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij