Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निषेधाज्ञा खुलेपछि कार्यस्थल जाँदा यसरी अपनाऔँ सावधानी 

निषेधाज्ञा खुलेपछि कार्यस्थल जाँदा यसरी अपनाऔँ सावधानी 

  • 881
    SHARES
  • निषेधाज्ञा खुलेपछि कार्यस्थल जाँदा यसरी अपनाऔँ सावधानी 

    काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर केही दिनयता लगातार नियन्त्रणमा आइरहेको देखिन्छ । नेपालमा गत चैत महिनामा कोभिड–१९ संक्रमणको दोस्रो लहर बढ्दै जाँदा सरकारले १६ बैशाखमा कोरोना संक्रमण बढेको जिल्लामा निषेधाज्ञा जारी गर्यो । समय बित्दै जाँदा अहिले कोरोना संक्रमण पनि घट्दै गइरहेको सरकारी तथ्यांकले देखाएको छ । 

    संक्रमित घट्दै गएसँगै कोरोना संक्रमण नियन्त्रणको लागि सरकारद्वारा जारी गरेको निषेधाज्ञा बिस्तारै खुकुलो बनाइँदैछ । गत १६ बैशाखबाट सुरु भएको लकडाउन ७ असारसम्म कायम छ । त्यसपछि सरकारले अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति खुला गर्दै लैजाने तयारी गरेको छ ।

    निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारी, साधनको चाप बढेका छन् । लामो समयको लकडाउनलाई केही सहज गरिए पनि जोखिम भने नघटेको स्वास्थ्यविज्ञले बताइरहेका छन् ।

    नेपालमा हिजोआज दैनिक कोरोना संक्रमितको संख्या घटे पनि संक्रमणको जोखिम भने कम नभएकाले जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र कामकाजलाई निरन्तरता दिनु पर्ने विज्ञले सुझाएका छन् ।  

    कोरोना भाइरस पूर्णरुपमा निर्मूल नभएसम्म दैनिक कामलाई कसरी अगाडि बढाउने भन्ने बारे तालिका बनाउन आवश्यक छ । यसले हामीलाई घर, कार्यालय र सार्वजनिक स्थानमा सुरक्षित भएर काम गर्न सजिलो हुन्छ ।

    कोरोनाकालमा नियमित कार्यलय जाने वा यात्रा गर्ने व्यक्तिले घरमै बस्ने व्यक्तिको तुलनामा जनस्वास्थ्यका मापदण्ड बढी पालना गर्नुपर्छ । 

    काम गर्ने स्थानमा यस्ता सावधानी अपनाउनेः

    काम गर्ने स्थानमा मास्क अनिवार्य लगाउनु पर्छ । साथीहरुसँग कुराकानी गर्दा पनि मास्क हटाउनु हुँदैन । 

    स्यानिटाइजर नियमित बोक्ने । खाजा र पानीको बोतल बोकेर कार्यालय जाने । 

    मोबाइल, ल्यापटप टेबलमा राख्नपूर्व त्यस ठाउँमा राम्ररी सफा गर्ने ।  

    आफ्नो सामानलाई धेरैभन्दा धेरै समय झोलामै राख्ने प्रयास गर्नुपर्छ । यस्तो बानीले सामानहरु भाइरसको चपेटामा आउने जोखिम कम हुन्छ । 

    कार्यस्थलमा स्टेशनरी सामानलाई एकअर्का व्यक्तिबीच साटासाट गर्नु हुँदैन । 

    दैनिक काम लाग्ने सामान जस्तै हेडफोन, चार्जर , पावर बैंक र ल्यापटपको चार्जरलाई आफैँसँग राख्ने,

    आफूसँग लोसन वा मोस्चराइजर सधैं बोक्नुपर्छ । स्यानिटाइजरको अत्यधिक प्रयोगले छाला सुख्खा हुन्छ । यो बेला मोस्चराइजर वा लोसन लगाउनुपर्छ । 

    सहकर्मी तथा सार्वजनिक स्थानमा सामाजिक दुरी कायम गर्नुपर्छ । 

    यात्राको समयमा यी कुरामा ध्यान दिनेः

    बाटोमा मास्कलाई नखोल्ने,

    बाटोमा केही सामाना किन्नको लागि रोकिनु हुँदैन । अत्यन्त जरुरी भए मात्र सामान खरिद गर्नुपर्छ ।  

    कार, गाडी, स्कुटर जस्ता साधनमा सबैले हात छोइने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता साधनलाई छुनुभन्दा अगाडि स्यानिटाइज गर्नुपर्छ । 

    संभव भएसम्म लिफ्टको प्रयोग गर्नु हुँदैन । लिफ्टको प्रयोग गर्नैपरे त्यसको बटनलाई छुुनु हुँदैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij